
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार माधव कुमार नेपालको उम्मेदवारीविरुद्ध उजुरी परेको छ ।

नेपालले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार भएको नेपालको उम्मेदवारीविरुद्ध बुधबार उजुरी परेको हो ।
निर्वाचन आयोग स्रोतले नेपालविरुद्ध उजुरी परेको पुष्टि गरेको छ । तर, उजुरीमा के कस्ता विषय छन् भन्ने केही खुलेको छैन ।