हिपमत डटकम

मंगलबार, आषाढ २८, २०७९ || 6123  पटक पढिएको

श्रीलंकामा प्रदर्शनकारीहरुले पूर्व अर्थमन्त्री बसेल राजापक्षेलाई विदेश उड्न रोक लगाएका छन् ।

उनी दुबई प्रस्थान गर्नका लागि विमानस्थल पुगेका थिए । तर यात्री प्रदर्शनकारीको विरोधका कारण अध्यागमन पार गर्न पाएनन् । देश आर्थिक संकटमा फसेपछि राष्ट्रपति गोटावायाको निर्देशनमा बसेलले गत अप्रिलमा राजीनामा दिएका थिए ।

राष्ट्रपति गोटावाया तथा पूर्व राष्ट्रपति महिन्दा राजापक्षेका भाइ बसेलसँग श्रीलंका र अमेरिकाको दोहोरो नागरिकता रहेको आरोप छ । प्रदर्शनकारीहरुले राजपक्षे परिवारका सदस्यका साथै राजनीतिक दलका उच्च नेताहरुलाई विदेश जानबाट रोक्नका लागि विमानस्थलमा पनि चेकपोष्ट राखेर बसेका छन् ।

देश आर्थिक संटकमा फसेपछि आक्रोशित स्थानीयबासिन्दाले गत शनिबार राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेका छन् । राष्ट्रपति भवन अहिले पनि प्रदर्शनकारीकै नियन्त्रणमा छ । राष्ट्रपति गोटावायाले बुधबार राजीनामा दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!