हिपमत डटकम

सोमबार, आषाढ २७, २०७९ || 35300  पटक पढिएको

काठमाडौं  ।सत्तारुढ नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संवैधानिक परिषद् सम्बन्धी विधेयकको विरोध गरेका छन् ।

ललितपुरमा आयोजित एक कार्यक्रममा महामन्त्री गगन थापाले राष्ट्रिय सभामा दर्ता भएको संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता हुने बताए । विधेयक फिर्ता लिने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले भनिसकेको उनले जानकारी दिए ।

त्यस्तै महामन्त्री शर्माले संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता हुनु पर्ने बताएका छन् । सामाजिक सञ्जालमा शर्माले आफ्नै पार्टीबाट प्रधानमन्त्री रहेका शेरबहादुर देउवाले पेश गरेको विधयेक गलत रहेको भन्दै उनले फिर्ता गर्न माग गरेका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालमा गलत भएको कुरा देउवाको पालामा पनि गलत हुने शर्माको भनाइ छ । उनले यसमा प्रधानमन्त्री देउवाको गम्भीर जवाफदेहीता जरुरी रहेको उल्लेख गरेका छन् ।

उनले यस्तो कार्यका लागि प्रधानमन्त्री देउवालाई कसले सल्लाह दिन्छ र उनले कसरी यस्तो गरे भन्दै महामन्त्री शर्माले प्रश्न समेत गरेका छन् ।

ओलीले ल्याएको अध्यादेशसँग मेल खाने गरि सरकारले अध्यादेश राष्ट्रिय सभामा दर्ता गराएको थियो ।

विधेयकमा तीन जनाको उपस्थिति भएमा बैठकको कोरम पुग्ने र सिफारिस समेत गर्न सक्ने व्यवस्था राखिएकोमा विरोध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!