जनकपुर, मधेस प्रदेश – मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूको एक टोलीले आज भेटवार्ता गरेको छ। बिहीबार बिहान सम्पन्न उक्त भेटमा पानी व्यवस्थापनसम्बन्धी विषयहरूमा छलफल भएको हो।
तीन सदस्यीय भारतीय प्रतिनिधिमण्डलले प्रदेशको भूगर्भीय पानीको अवस्थाको विस्तृत मूल्याङ्कन गर्ने र पानीको अभाव समाधानका लागि उपयुक्त सुझावहरू दिने योजना प्रस्तुत गरेको छ।
टोलीले मधेस प्रदेशका विभिन्न जिल्लामा पुगेर भू–जलसम्बन्धी आवश्यक अनुसन्धान गर्ने तयारीसमेत गरेको छ। उक्त टोलीमा जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरू आशिष पाण्डे, जगदम्बा प्रसाद र प्रशान्त राय सहभागी छन्।
मुख्यमन्त्री सिंहले प्रतिनिधिमण्डलको अध्ययन र सुझावले प्रदेशमा दिगो पानी व्यवस्थापन तथा भू–जल संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।