हिपमत डटकम

सोमबार, आषाढ २७, २०७९ || 29634  पटक पढिएको

काठमाडौं। नेपाल सरकारले संघीय संसदमा पेश गरेको ‘नेपाली नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे गृहमन्त्री बालकृष्ण खाँणले पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन् ।

आज बिहान दाहालनिवास खुमलटारमा भएको भेटमा सरकारले संसद्मा पेस गरेको नागरिकता विधेयकबारे छलफल भएको हो ।

छलफल सकारात्मक भएको गृहमन्त्री खाँणले जानकारी दिएका छन् ।

सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता गरेर अर्को विधेयक संसद् सचिवालयमा पेश गरेको छ ।

पेश भएको विधेयकमा सहमति जुटाउनका लागि गृहमन्त्री खाणले सरकारका तर्फबाट विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गरिरहेका छन् ।

उनले आइतबार एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग छलफल गरेका थिए ।

सरकारले संसदमा पेश गरेको नयाँ विधेयेकले अहिले देखिएको नागरिकता समस्यालाई सम्बोधन गर्ने दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!