आइतबार, फाल्गुण १८, २०७६ || 894  पटक पढिएको

थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

बैङ्ककस्थित टेर्डथाइ क्रिकेट मैदानमा आइतबार भएको खेलमा हङकङसँग नेपाल ४३ रनले पराजित भएको हो ।

एक सय ५५ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरको खेलमा १९ औँ ओभरको पहिलो बलमा सबै विकेट गुमाउँदै एक सय ११ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । यसअतिरिक्त कुशल मल्लले १९, अविनाश बोहराले १२ र आरिफ शेखले १० रनको योगदान गरे ।

यसअघि पहिला ब्याटिङ गर्दै हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५४ रन बनाएको थियो ।

हङकङका लागि निजाकत खान मोहम्मदले सर्वाधिक ४८ रन बनाएका थिए । यस्तै मोहम्मद अजिज खानले २९, हारुन मोहम्मद अरशदले २७, शहिद वासिफले २६ रनको योगदान गरे ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र सुशन भारीले दुई–दुई विकेट लिए भने कुशल मल्लले एक विकेट हात पारे ।

जारी प्रतियोगिताको पहिलो खेलमा मलेसियासँग नेपाल २२ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!