हिपमत डटकम

आइतबार, आषाढ २६, २०७९ || 6178  पटक पढिएको

विराटनगर । प्रदेश १ को नाम प्रस्ताव गर्न हच्किरहेको सत्तारूढ नेपाली कांग्रेसले पनि अन्ततः मुख खोलेको छ। उसले पनि एमाले र राप्रपाले झैं भौगोलिक आधारमा नाम राख्न प्रस्ताव गर्दै प्रदेशको नाम ‘सप्तकोशी’ राख्नुपर्ने बताएको छ।

शुक्रबार विराटनगरमा आयोजित सर्वदलीय बैठकमा कांग्रेसले अरूका प्रस्ताव सुनेर तिनैबाट विकल्प खोज्नुपर्ने बताएको थियो। तर, सर्वदलीय बैठकमा कांग्रेसले कुनै नाम प्रस्ताव नगरेको सूचना सार्वजनिक भएपछि उसको आलोचना सुरु भएको थियो। ‘हाम्रो कुनै प्रस्ताव नै नभएको भन्ने कुरा सहि होइन’, कांग्रेस प्रदेश १ का प्रमुख सचेतक सूयर्माराज राईले भने, ‘हाम्रो प्रस्ताव सप्तकोशी प्रदेश राखौं भन्ने हो।’

प्रदेश १ को नामका लागि मूख्य विपक्षी एमालेले कोशीको प्रस्ताव गर्दा राप्रपाले सगरमाथा भनेको छ। त्यस्तै माओवादी केन्द्रले किरात प्रदेश, एकीकृत समाजवादीले कोशी वा सगरमाथामा किरात जोडेर बहुपहिचानयुक्त बनाउन प्रस्ताव गरेको छ।

जसपाले किरात, लिम्बुवान, शेर्पालुङ मधेश र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले लिम्बुवान किरात नाम राख्नुपर्ने प्रस्ताव गरेका छन्। दलहरु जारी बजेट अधिवेशनबाटै प्रदेशको नाम टुंग्याउने कसरतमा छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!