रंजित चौरसिया

शुक्रबार, आषाढ २४, २०७९ || 4866  पटक पढिएको

वीरगंज २४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको कमिकमजोरीले गर्दा कार्यकारी अधिकृत सन्देश यादवलाई भ्रष्टाचार गर्नमा बल पुगेको छ । अधिकृत यादवले सखुवा प्रसौनी गाउँपालिकामा कार्यरत्त रहदा उनी माथि करोडौ करोड भ्रष्टाचार गरेको उजुरी २०७७ भदौ ३० गते अख्तियारमा परे पनि छानबिनको प्रक्रिया अघि नबढाई उजुरीलाई अख्तियारले थन्कयाएर राख्दा अधिकृत यादव भ्रष्टाचार गर्नमा तल्लिन देखिएका छन् ।

उजुरी परेको करिब २२ महिना बितिसक्दा पनि कारवाही प्रक्रिया अघि नबढेको विषयमा जिज्ञासा राख्दा एक अधिकारीले अबिलम्ब कारवाही प्रक्रिया अघि बढने बताए । अधिकृत यादवले विभिन्न गाउँपालिका, नगरपालिका हुदै हाल पटेर्वा सुगौली गाउँपालिकामा कार्यरत्त रहेका छन् । उनी जहाँ गए पनि कमिशनको मामिलामा गन्हाईसकेका अधिकृत यादवले भौतिक निर्माणको कार्यमा ३० प्रतिशत र सामाजिक विकासको कार्यमा ४० प्रतिशत असुल्ने गरेको समाचार स्रोतको भनाई रहेको छ । अधिकृत यादवले सरकारी सेवामा प्रवेश गरे देखि हालसम्म करोडौ करोड कमिशन असुली आफ्न्तहरुको नाममा ठाउँ–ठाउँमा जग्गा र काठमाडौंमा आलिशान महल समेत किनेको स्रोतले जनाएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा अन्य सेवा शुल्कमा २० लाख बिनियोजन गरिएकोमा सो रकमलाई अनावश्यक खर्च देखाई नक्कली बिल भर्पाई पेश गरी भ्रष्टाचार गरिएको स्रोतले जनाएको छ । त्यसैगरी गाउँपालिका स्तरीय शिक्षा प्रोफाईल तथा शिक्षा योजना निर्माणमा ४ लाख बिनियोजन गरिएकोमा सो रकमलाई कागजी मिलान गरी रकम झ्वाम पारिएको स्रोतले जनाएको छ । त्यसैगरी आखाँ शिविर कार्यक्रममा ५ लाख बिनियोजन गरिएकोमा एक गैरसरकारी संस्था संग मिली करिब २ लाख खर्च गरी बाकी रकममा अनियमित्ता भएको जनाईएको छ । त्यसैगरी भकारो सुधार कार्यक्रममा ४ लाख ५० हजार बिनियोजन भएकोमा यस कार्यक्रममा पनि कागजी मिलान गरि भ्रष्टाचार गरिएको स्रोतको कथन रहेको छ । त्यसैगरी भैपरी आउने चालु खर्चमा १९ लाख ५० हजार बिनियोजन गरिएकोमा विभिन्न मितिमा अनावश्यक खर्च देखाई नक्कली बिल भर्पाई पेश गरी हजम गरेका अधिकृत यादवले अख्तियार देखि सामान्य प्रशासन मन्त्रालयसम्म हाम्रो राम्रो सेटिङ्ग भएको भन्दै ठाउँ–ठाउँमा धाक लगाउदै गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!