हिपमत डटकम

शुक्रबार, आषाढ २४, २०७९ || 1189  पटक पढिएको

२६ वर्षअघिको एक घटनालाई आधार मान्दै लखनउको एमपी–एमएलए अदालतले अभिनेता तथा कंग्रेस नेता राज बब्बरलाई दुई वर्षको जेल सजाय सुनाएको छ । उनलाई अदालतले ८५ सय रुपैयाँ जरिवाना पनि तिर्न भनेको छ ।

राजलाई यो सजाय २६ वर्ष पुरानो एक मामलामा सुनाइएको हो । यद्यपि अदालतले उनलाई यो मामलामा अन्तरिम जमानत पनि दिएको छ । अब उनले ३० दिन भित्र उच्च अदालतमा जानुपर्नेछ । फैसलाको समयमा राज अदालतमै उपस्थित थिए । उनले यो फैसलाविरुद्ध उच्च अदालतमा चुनौती दिने बताएका छन् ।

लखनउको वजीरगञ्जमा उनले चुनाव अधिकारीलाई सन् १९९६ मा कुटपिट गरेका थिए । त्यो चुनावमा राज बब्बर प्रत्यासी थिए । सन् १९९६ मे २ मा मतदान अधिकारी श्रीकृष्ण राणाले थाना वजीरगञ्जमा प्रत्यासी राज बब्बर र अरविन्द यादवसहित अन्य व्यक्तिविरुद्ध एफआईआर दर्ता गराएका थिए । यो मामलामा बिहीबार फैसला सुनाइएको हो ।

मतदान अधिकारीका अनुसार मतदान केन्द्र संख्या १९२-१०३ को बुथ संख्या १९२ मा जब मतदाता आउन बन्द भयो, तब उनी मतदान केन्द्र बाहिर निस्किएर खाना खान गइरहेका थिए । त्यही बेला प्रत्यासी राज आफ्नो साथीहरुलाई लिएर मतदान केन्द्रमा आएका थिए र फर्जी मतदानको झुठो आरोप लगाउन थाले । सरकारी काममा बाधा पुर्याउँदै उनले कुटपिट पनि गरेका थिए । news source :- ratopati 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!