नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरू भएको छ। गत आइतवारदेखि जारी बैठक कमलादीस्थित प्रज्ञा भवनमा शुरू भएको हो। बिहीवारको बैठकमा अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्यहरूले उठाएका विभिन्न विषयको जवाफ दिने कार्यक्रम छ।
पार्टीबाट प्रतिनिधित्व गर्ने अर्थमन्त्री जनार्दन शर्मा विवादित भएपछि बुधबारको बैठक स्थगित भएको थियो। बिहीवारको बैठकले पार्टीको सांगठानिक संरचनाका बारेमा निर्णय गर्नेछ।
यो बैठकले पार्टीको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो समेत गठन गर्ने छ।
आइतबारदेखि सुरू भएको बैठकको शुरूको दिन अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने सोही दिन प्रदेश र गैरभौगलिक क्षेत्रका अध्यक्षहरूले रिर्पोटिङ गरेका थिए।