यूट्युब च्यानल मार्फत अश्लिलता झल्कने सामग्री प्रसारण गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

अश्लिलता झल्कने सामग्री प्रसारण गरेको अभियोगमा काठमाडौं महानगरपालिका–६ बौद्ध तीनचुले बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–७ महादेवफाँट घर भएका २२ वर्षीय प्रवेश लामालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

4 Real TV नामक यूट्युब च्यानल मार्फत अश्लिल शीर्षक राखी समाजमा अश्लिलता फैलाउने किसिमका भिडियोहरु बनाई उक्त च्यानल लगायत सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा लामालाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!