हिपमत डटकम

बुधबार, आषाढ २२, २०७९ || 7634  पटक पढिएको

कञ्चनपुरमा एक युवक मृत फेला परेका छन्।

भीमदत्त नगरपालिका वडा नम्बर ६ एैठपुरमा रहेको गोल्डेन विरज स्कुलको छतमा २२ वर्षीय प्रेमसिंह धामी मृत फेला परेका हुन्। धामी वडा नम्बर ७ स्थित हल्दुखालका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहीले धामी मृत फेला परेको बताए।

उनीसँगै सुतेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सँगै सुतेका उनले साथीको मृत्यु भएको भन्दै प्रहरीमा खबर गरेका थिए।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ। मंगलबार बेलुकी लागुऔषध र मापसे गरेर उनीहरू स्कुलकै छतमा सुतेका थिए।

सँगै गएका केही साथीहरू फर्के पनि दुई जना भने स्कुलको छतमै सुतेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!