हिपमत डटकम

सोमबार, आषाढ २०, २०७९ || 3946  पटक पढिएको

वैदेशिक रोजगारीको लागि साउदी गएका ६ नेपाली अलपत्रमा परेका छन् । नौं महिनाअघि वैदेशिक रोजगारका लागि साउदी गएका युवाहरु त्यहाँ हाल काम नपाउँदा खान र बस्न समस्या भएको भन्दै उनीहरुले स्वदेश फर्काइदिन सहयोग मागेका छन् ।उनीहरु सिरहा जिल्ला बरियारपट्टी गाउँपालिकाका हुन् ।

सिरहा जिल्ला खरुकियाहीका बिदेश पठाउने एजेंट राम किसुन यादव (नाथ)ले एलोन ओभरशिस मार्फत ती ६ जनालाई ललाई फकाई साउदीको रामको प्लानट कम्पनिमा राम्रो काममा लगाई दिन्छु भनी पठाएको थियो ।

त्यहाँ पुगे पछी ती युवाहरु संग कम्पनीले ईट्टा,ढुङ्ग उठाउने जस्तो गह्रो काम लगाएको पिडीत कपिल देव यादवले बताए । हामी संग १ लाख ६५ हजारको दरले ६ जनासंग जम्म ९ लाख ९० हजार लिएको पिडीत यादवले बताए ।

हाल कम्पनीले काम पनि नदिएको र राहदानी आफ्नो कब्जामा लिई केही दिन अगाडी मात्र फर्काएको बताए। आफुहरु समस्यामा रहेको भन्दै ति युवाहरु घर फर्काइदिन सहयोग मागेका छन् ।

सिरहा जिल्ला बरियारपट्टी गाउँपालिका वडा नम्बर १ का ३४ बर्षीय बाल किसुन यादव , बरियारपट्टी १ का ४० बर्षीय कपिल देव यादव, सोही ठाउँका ४० बर्षीय सिब कुमार यादव, २९ बर्षीय सुलिन्द्र यदव, २८ बर्षीय सन्जिव कुमार यादव र २७ बर्षीय अशोक कुमार यादव काम नपाएर अलपत्र परेका छन् ।

एजेन्टले फोनमा मैले पठाएको होईन बताउ छन् । उनीहरु जाने बेलामा म छुट्टीमा थिए ,मैले एलोन ओभरशिसका संचालक दुर्गेश राई संग कुरा गराई दिएका थिए ।

यता काठमान्डौंको तिलगंगामा संचालित एलोन ओभरशिसका डायरेक्टर संग कुरा गर्दा मैले सबै थोक भनेर नै पठाएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!