नेपाल शिक्षक संघ विराटनगर महानगर समितिको प्रतिनिधि सभा शनिबार सम्पन्न भएको छ ।
शिक्षक संघ महानगर समीतीका अध्यक्ष संजिव घिमिरेको सभापतीत्वमा सम्पन्न कार्यक्रममा एक दर्जन सेवानिबृत्त शिक्षकहरुलाई बिदाई गरिएको थियो ।विराटनगर महानगरको कार्यवाहक प्रमुख ईन्दिरा कार्कीले सेवानिबृत्त शिक्षकहरुलाई बिदाइ गरिन । कार्यक्रममा शिक्षक संघका नेता तथा सदस्यहरुको सहभागिता थियो । शिक्षक संघ मोरका पुर्व अध्यक्ष ऋषीकेस कोईरालाका अनुसार प्रतिनिधि सभाले आगामी बर्षको रणनीति बनाउनुका साथै आय–बेय प्रस्तुत गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथी विराटनगर महानगरको कार्यवाहक प्रमुख ईन्दिरा कार्की हुहुन्थ्यो । उहाँले सेवा निबृत शिक्षकहरुलाई दोसल्ला ओडाएर विदाई गर्नुभयो ।शिक्षक संघ नगर समितिले नयाँ शिक्षकहरुलाई स्वगत समेत गरेको थियो ।