डेनमार्कको कोपनहेगन स्थित सबैभन्दा ठूलो शपिङ मलमा गोलाबारी भएको छ ।
सो फायरिङमा हालसम्म ३ जनाको मृत्यु पुष्टि भएको बिबीसीले जनाएको छ । बन्दुकधारीले अन्धाधुन्ध चलाएको गोली लागि धेरै नागरिक घाइते भएको बताइएको छ । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको त्यहाँको प्रहरीलाई उदृत गर्दै बिबीसीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा २२ वर्षीय एक पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको बताएको छ । घटनास्थलको तस्वीर इन्टरनेटमा राखिएको छ । तस्वीरमा सो स्थानमा गोलाबारीपछि भागदौड मच्चिएको देखिएको छ ।
स्थानीयहरूले गोलीको ठूलो आवाज आएको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन् । मलमा १ सय ४० भन्दा बढी रेस्टुरेन्ट तथा अन्य पसलहरू रहेको बताइएको छ ।