हिपमत डटकम

आइतबार, आषाढ १९, २०७९ || 23846  पटक पढिएको

झापा।झापाको अर्जुनधारा नगरपालिका-४ सहासी टोल स्थित कच्ची सडक खण्डको ह्युम पाईप भित्र बोरामा फेला परेको शवको पहिचान भए संगै हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा अर्जुनधारा-७ कि ३२ बर्षीया जानुका सुबेदी थापा, उनको ४९ बर्षीय श्रीमान बिर्ख बहादुर थापा र सुनसरी बराहक्षेत्र-१० का २५ बर्षीय सुरेश परियार रहेका छन् ।

असार १२ गते ह्युम पाईप भित्र सेतो बोरामा अन्दाजी ४० बर्षीय पुरुष मानिसको शब दुर्गन्धित अबस्थामा फेला परे सगै घटना स्थलमा खटिएको प्रहरी टोलीले मृतकको साथमा फेला परेको भारतिय आधारकार्डको आधारमा ‍भारत अहमदाबाद गुजरातका ४० बर्षीय जपडिया नरेश कुमार बाबु भाई रहेको भन्ने खुल्न आए संगै हत्यामा संलग्न रहेका तीनै जनालाई हिजो इलाका प्रहरी कार्यालय अनामनीले पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!