हिपमत डटकम

आइतबार, आषाढ १९, २०७९ || 38101  पटक पढिएको

वीरगंज । विश्व हिन्दू परिषद् नेपाल, पर्सा निकट युवाहरुद्वारा वीरगंजमा विरोध प्रदर्शन गरिएको छ । रोहिंग्या मुस्लिमलाई नेपाल प्रवेश गराउने एवं शरण दिने विरुद्ध आइतवार बेलुका ४ बजे आयोजित उक्त विरोध ¥याली माईस्थानबाट शुरु भई दुई नम्बर रोड, मिना बजार हुदै घण्टाघरमा गई कोणसभामा परिणत भएको थियो ।

¥यालीमा सहभागी युवाहरुले रोहिंग्या मुस्लिमलाई देश निकाला गर, रोहिंग्या मुस्लिम भगाऔं देश बचाऔं, रोहिंग्या मुस्लिमलाई नेपाल प्रवेश गराउनेलाई कारवाही गर जस्ता चर्को नारा लगाएका थिए ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले रोहिंग्याहरुलाई नेपाल प्रवेशमा सहयोग गरेको भन्दै मियाँको पुतला दहन गर्दै मुस्लिम आयोग खारेजीको माग समेत गरेका थिए । साथै मदरसा शिक्षालाई बढावा दिई प्रदेशमा कट्टरपन्थी उत्पादनमा सहयोग गरेको भन्दै मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको समेत पुतला दहन गरिएको थियो ।

परिषदले देशैभरिका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री एवं गृहमन्त्रीलाई रोहिंग्या एवं मुस्लिम संगठनहरुको संकास्पद गतिविधि सन्दर्भमा ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र समेत बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!