शनिबार, फाल्गुण १७, २०७६ || 1200  पटक पढिएको

नायिका रेखा थापाले निर्माण गर्न लागेको फिल्मको एक गीतका लागि प्रचण्डकी नातिनी स्मृति दाहालले गीत गाएकी छिन् । उक्त गीतमा स्मृति र अर्का गायक प्रताप दासको पनि स्वर सुन्न सकिन्छ ।गीतलाई बसन्त सापकोटाले तयार पारेका हुन् । रेखा फिल्मसको ब्यानरको फिल्ममा सापकोटाले यसअघि पनि गीत दिएका थिए । रेखाले निर्माण गर्ने फिल्मलाई सविर श्रेष्ठले निर्देशन गर्ने चर्चा छ । केही समयअघि यो फिल्ममा दयाहाङ राई र सौगात मल्लले शीर्ष भूमिकामा अभिनय गर्ने खबर बाहिरिएको थियो । वैशाखको पहिलो हप्ताबाट छायांकन शुरु हुने यो फिल्मलाई एक्सन लभस्टोरी भनिएको छ । फिल्मको आगामी वर्षको लक्ष्मी पूजामा रिलिज हुने गरी तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!