राजन पोखरेल

आइतबार, आषाढ १९, २०७९ || 1924  पटक पढिएको
फ़ाईल तस्बिर

बेलबारी । आगामी प्रदेश सभा सदस्यको निर्वाचनको लागि मोरङ क्षेत्र नं ३ ‘ख’ बाट भोजराज बस्नेतले उम्मेद्वारी दिने तयारी थालेका छन । बस्नेत काङ्ग्रेस मोरङका जिल्ला सदस्य हुन ।

बस्नेतले १४ औ जिल्ला अधिवेशनबाट अत्याधिक बहुमत लिएर जिल्ला सदस्यमा निर्वाचित भएका हुन । पत्रकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका बस्नेत जनता माझ लोकप्रिय रहेका छन ।

मोरङ क्षेत्र नं ३ ‘ख’ बाट प्रदेश सांसदमा काङ्ग्रेसले बस्नेतलाई एक पटक टिकट दिनु पर्ने माग गरेका छन । काङ्ग्रेस मोरङमा अन्तरघातको जालो ठुलो छ । मोरङ काङ्ग्रेसमा तीन समुह देखिए पनि दुई समुहको प्रभाव राम्रो छ ।

१४ औ जिल्ला समुहमा बस्नेतलाई तीन वटा समुहले नै जिल्ला सदस्यमा समावेश गरेको थिए । एक कार्यकर्ताले भने, बस्नेत निष्पक्ष र साझा व्यक्ती हुन यहाँ अन्य व्यक्तीलाई चुनावमा उठाउदा अन्तरघात हुने डर छ तर बस्नेतलाई चुनावमा लैजादा सबै समुह मिल्छ ।

ति कार्यकर्ताले भने, चुनाव जित्ने नै हो भने एक पटक यसै पटक बस्नेतलाई पार्तीले टिकट दिनुपर्छ । अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट प्रदेश सभामा ललित श्रेष्ठ उठेका थिए । उनी एमालेका राजाकुमार ओझा सग पराजित भएका थिए । उनले यस पटक प्रत्यक्षमा उठ्ने इच्छा राखेका छैनन ।

स्थानिय तहमा भएको अन्तरघातको पालो तिर्न तयार भएर बसेका समुहलाई टिकट दिनु हुँदैन, काङ्ग्रेस स्रोतले भन्यो । बस्नेत नै सबै समुहको साझा उम्मेद्वार भएको कार्यकर्ताको बुझाई छ ।

बस्नेत आफुले टिकट पाउनेमा विश्वसत छन । उनले राजनीतिक भेटघाटलाई बाक्लो समेत बनाउदै गएका छन । बस्नेतलाई टिकट दिलाउन बेलबारी, सुन्दरहरैचा लगायत मोरङ काङ्ग्रेसका एक उच्च नेता काठमाण्डौ राजनीतिक भेटघाटमा समेत व्यस्त छन । ती नेताका अनुसार उनले काठमाण्डौमा बस्नेतको लागि राजनीतिक नेतृत्वसग कुरा चलाईरहेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!