रबिन्द्र बराल

आइतबार, आषाढ १९, २०७९ || 1214  पटक पढिएको

बिराटनगर। माेरङकाे रंगेेली नगरपालिका १ स्थित बिर्ता बजारमा रहेको तिल्का मल्लिक काे घरमा आगलागी हुदा एक महिलाकाे मृत्युु भएको छ ।

तिल्का काे श्रीमती ३० वर्षीया बबिता मण्डल काे मृत्युु भएको रंगेली प्रहरी ले जनाएको छ । शुक्रबार राती १० बजे घरमा आगलागी भएको थियोे । पत्नीलाई घरभित्र थुनेर आगो लगाएको आशंकामा प्रहरीले २३ वर्षीय का उनका श्रिमान तिल्का मल्लिकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीकाे प्रारम्भिक अनुसन्धानमा उनकै श्रीमानले घरमा थुनेर आगो लगाएको खुलेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएकाे छ। प्रहरीले तिल्कालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक शैलेश न्याैपानेले बताए ।

गम्भीर घाइते भएकी मण्डलको उपचारका क्रममा विराटनगरस्थित शनिबार करिब बिहान ६ बजे कोसी अस्पताल विराटनगरमा मृत्यु प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बबिताको शरीरका अधिकांश भाग आगोले जलेको थियाे।श्रीमानश्रीमतीबीच आन्तरिक विवादबाट घटना भएको हुनसक्ने देखिएको प्रहरीकाे आशंका रहेको छ ।

दाजु जगदीश मल्लिकको मृत्यु भएपछि तिल्काले ५ वर्षअघि बबितालाई विवाह गरेका थिए। दाजु जगदीशको ७ वर्षअघि मृत्यु भएको थियो। विवाह भए पनि उनीहरू सन्तानविहीन थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!