हिपमत डटकम

शुक्रबार, आषाढ १७, २०७९ || 22271  पटक पढिएको

रवि लामिछाने नेतृत्वको नयाँ राजनीतिक दल आयोगमा दर्ता भएको छ।

आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको उक्त पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए। पार्टीको नाममा स्वतन्त्र राख्न नहुने भन्दै लामिछानेले प्रस्ताव गरेको नाम राखेर पार्टी दर्ता गर्न नहुने भन्दै आयोगमा उजुरी परेको हो।

दर्ता भएको पार्टीको नाम र चुनाव चिन्हबारे केहीबेरमा आफूहरूले पत्रकारहरूलाई जानकारी दिने प्रवक्ता ढकालले बताए। टेलिभिजन प्रस्तोता लामिछानेले केही दिनअघि नयाँ पार्टी खोल्ने घोषणा गर्दै दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए।

उनले पार्टीको नाम राष्ट्रिय स्वतन्त्र दल र चुनाव चिन्ह घन्टी राखेर निवेदन दिएका थिए।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!