श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाई हत्याको प्रयास गर्ने श्रीमानविरूद्ध ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता भएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवाकी २८ वर्षीया माया श्रेष्ठ चनाराले इलाका प्रहरी कार्यालय तुलसीपुरमा ४२ वर्षीय श्रीमान उज्ज्वल चनाराविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दिएकी हुन्।

मंगलबार मध्यान्ह करिब १२ बजेतिर श्रीमान उज्वलले श्रीमती मायालाई आफ्नै घरभित्रै पेट्रोल छर्केर आगो लगाई हत्याको प्रयास गरेको र आफू हाम फालेर ज्यान जोगाउन सफल भएको उनले बताएकी छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले उनको कपाल, अनुहार, हात र खुट्टाका बिभिन्न भागमा आगोले पोलेको घाउ खत रहेको बताए।

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी माया बुधबार इप्रका तुलसीपुर पुगेर श्रीमानविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता गराएकी हुन्।

प्रहरी हिरासतमा रहेका उज्जवले भने श्रीमतीको हत्या गर्न नखोजेको बताएका छन्। घटना थाहा पाएर गोरखाबाट मायाका माइती दाङ आएका छन्। मायाका अनुसार ११ वर्ष पहिले आफू १५ बर्षको छँदा गिरी थरको हुँ भनेर श्रीमानले झुट बोलेर गोरखाबाट भगाएर दाङ ल्याएका थिए।

घरमा आएपछि मात्रै आफूले उज्वलको पहिलो श्रीमतिको मृत्यु भएको र त्यसपछि सालीलाई ल्याएर राखेको कुरा थाहा पाएको मायाले बताइन्।

उनीहरूकी ६ बर्षीया छोरी छिन्। छोरी पनि बिरामी छन्। गत भदौमा उज्ज्वलले आत्महत्याको प्रयास गरेको र बाँकेमा १५ दिन उपचार गरेर घर फर्किएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!