हिपमत डटकम

बिहिबार, आषाढ १६, २०७९ || 2963  पटक पढिएको

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ ३०० रुपैयाँले र चाँदीको भाउ ५ रुपैयाँ प्रतितोलाले घटेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो ।

सुनको मूल्य बुधबार तोलामा १०० रुपैयाँले बढेको थियो । मंगलबार तोलामा ९७ हजार ७०० रहेको सुनको मूल्य १०० रुपैयाँले बढ्दै बुधबार तोलामा ९७ हजार ८०० रुपैयाँ कायम भएको थियो । यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो बुधबार तोलामा १ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार २३५ रुपैयाँ छ । चाँदीको मूल्य हिजो बुधबार पनि घटेको थियो ।

मंगलबारको तुलनामा चाँदीको मूल्य १५ रुपैयाँले घट्दै हिजो बुधबार १ हजार २४० रुपैयाँ कायम भएको थियो । मंगलबार चाँदीको बिक्री मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!