शनिबार, फाल्गुण १७, २०७६ || 946  पटक पढिएको

गोग्राहा माध्यमिक विधालय विराटनगर—४ ले शनिवार आयोजना गरेको पूर्व विधार्थी भेलाले शेखर रेग्मीको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षद्धयमा स्वीकृति रेग्मी , रोशन बुढाथोकी , सचिव द्धयमा मुरारी दाहाल , शरद घिमिरे , सहसचिवमा गीता पोखरेल र कोषाध्यक्षमा प्रकाशहरि दाहाललाई चयन गरेको छ । सदस्यहरुमा उमा निरौला , रञ्जिता रिजाल ,प्रमिला गच्छदार सुजन दाहाल , रमेशकुमार अधिकारी , बिमल बुढाथोकी , राजेश दाहाल , बिशाल पोखरेल , तेजनारायण राजवंशी ,गोकर्ण अधिकारी , पुष्पा न्यौपाने , निरु पुडासैनी हरेराम मण्डल र पुष्पा न्यौपानेलाई चयन गरेको विधालयका प्रधानाध्यापक टंकप्रसाद सिटौलाले बताए ।
विस २००९ सालमा स्थापित यो विराटनगरको पुरानो विधालय हो । प्रधानाध्यापक सिटौलाले विधालयको सर्वोपरि हितलाई ध्यानमा राख्दै पूर्व विधार्थहरुको भेला आयोजना गरि समिति गठन गरिएको जानकारी दिए । भेलामा विधालयले पूर्व प्रधानाध्यापकहरु सुश्री मीना जोशी , ज्ञानबहादुर बुढाथोकी र दुखाराम गच्छदारलाई सम्मान गरेको थियो ।
नेपाली कांग्रेसका प्रभावशाली नेता डां शेखर कोइरालाले भेलाको उदघाटन गरेका हुन । सरकारी विधालयको गुणस्तर सुधार नगरेसम्म देश समृद्धीको बाटोतर्फ लम्कन नसक्ने कोइरालाले बताए । प्रदेश न १ कांग्रेसका प्रमुख सचेतक केदार कार्की , प्रदेश सभा सदस्य बिन्धिया कार्की , नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी , विधालयका प्रधानाध्यक टंकप्रसाद सिटौला , पूर्व प्रधानाध्यापक वेदकुमार खतिवडा , ज्ञानबहादुर बुढाथोकी , दुखाराम गच्छदार ,गुराँस पुस्तकालका सभापति दिपक चाँपागाई , कांग्रेस नेता केदार अधिकारी लगायतले पूर्व विधाथीको भेलाको आवश्यकताका बारेमा प्रकाश पारे ।
यस्तै भेलाले मीना जोशी , ज्ञानबहादुर बुढाथोकी ,दुखाराम गच्छदार , सुनिल कुमार पौडेल, टंकप्रसाद सिटौला , केदार अधिकारी , बिन्ध्या कार्की , दिपक चाँपागाई , सुर्दशन भट्टराई , राधाकृष्ण रेग्मी , अशोक रेग्मी , काजीबाबु पोखरेल , सुनिल पाण्डे , सागरकुमार थापा , र भोला यादवलाई सल्लाहाकारमा मनोनयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!