रंगेली। राष्ट्रिय धान दिवसको अवसर पारेर श्री ग्राम लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले असार १५ लाई धान दिवसकाे रुपमा मनाएकाे छ ।
” कृष वित्त व्यापार र उपयोग जाेडि समृद्ध समाजकाे निर्माण ग्राम लक्ष्मीकाे अभियान भन्ने मुल नारा का साथ धान दिवस मनाएको हाे । रंगेली नगरपालिका ४ स्थित जन्ता माध्यमिक बिधालय काे १५ बिधा खेती १० बर्ष का लागि लिजमा लिएर बिधिवत रुपमा धान खेती बाट खेती सुरु गरेको हाे । राष्ट्रिय धान दिवस कार्यक्रम काे प्रमुख अतिथि प्रदेश कमिटी सदस्य एवम् क्षेत्र ५ (क ) का ईन्चार्ज मनाेज अग्रवाल, बिष्ट अतिथि रंगेली नगरपालिका ६ का बडा अध्यक्ष सुजित मंण्डल, सन्ताेष साह ,ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष सन्ताेष मंन्डल संस्था का सचिव अशाेक मंन्डल ,स्थानीय डिल्ली घिमिरे ,लगायतको समेत उपस्थिति रहेको थियोे ।
कार्यक्रमका प्रमुख अतिथिले भने कृषक हरु ले समयमै बर्षाे देखि मल अभाव झेल्दै गएकाे र कृषक हरु ले आफ्नै घरमा कुखुरा पालन गरेर त्यसकाे सुलिकाे प्रयोग गरेमा केही मात्रामा मलकाे अभाव कम हुने बिश्वश रहेको उनलेे बताए ।
कार्यक्रममा सहभागी डिल्लि घिमिरेले भने अब स्थानीय सरकारले अब कुनै पनि वहाना बनाउने ठाउँ नभएको र नगरमा बहुमत समेत भएको हुनाले कृषककाे लागि मलकाे आवश्यकता पूरा गर्नुपर्ने उनलेे बताए ।
दक्षिणी भेगका किसान हरुले हरेक बर्ष कृषक हरुले समयमै सिचाइ काे सुविधा , मल, र बिउबिजन काे समस्या रहेको भएता पनि अबका दिन हरुमा कृषक हरुकाे सहयोग र साथ लिएर कृषिमा अगाडि बडनु पर्ने सहभागीहरुले बताए ।