विराटनगर । जटिल रोगका साथ जन्मिएका २ दिने एक नवजात शिशुको विराटनगरमा सफल शल्यक्रिया गरिएको छ ।

मलद्वारविहीन अवस्थामा जन्मिएका ती बालकको विराटनगरस्थित म्याक्स अस्पतालका चिकित्सकहरुले सफल शल्यक्रिया गरेका छन । उदयपुरको कटारीका ती बालकलाई जन्मिदै ‘एनोरेक्टल मालफर्मेशन’ समस्या थियो । उदयपुरमै सामान्य अवस्थामा जन्मिएका बालकमा पछि गम्भिर समस्या रहेको पत्ता लागेको थियो ।

शरिरका सबै अंग सामान्य रहेपनि मलद्वार नभएका कारण जन्मिएको केहि घण्टा पछि नै शिशुको पेट फुल्दै गएको परिवारजनले बताएका छन । शिशुमा गम्भिर समस्या देखिएपछि परिवारजनले उपचारकालागि भन्दै मधेश प्रदेशको राजधानी जनकपुरधाम लिएर गएका थिए ।

त्यहाँका चिकित्सकहरुले जनकपुरधाममा उपचार सम्भव नहुने बताउँदै विराटनगर लैजान सुझाव दिएको परिवारजनले बताएका छन । म्याक्स अस्पतालमा समेत यसरोगको शल्यक्रिया हुने जानकारी पाएपछि नवजात शिशु लिएर विराटनगर आईपुगेको नवजात शिशुका हजुरआमा जालो दनुवारले बताउनुभयो ।

चिकित्सकहरुले ती नवजात शिशुको शल्यक्रिया गरेर तत्कालकालागि पेटको देब्रे कुनाबाट अस्थाई मल निष्काशन प्रणाली बनाईदिएका छन । शिशुको ६ महिनापछि दोश्रो पटक र ९ औ महिनामा तेश्रो पटकगरि थप दुईवटा शल्यक्रिया गरेर प्राकृतिक अवस्थाकै मलद्वार प्रणाली विकास गरिने चिकित्सकहरुले बताएका छन ।

असार ९ गते गम्भिर अवस्थामा अस्पताल ल्याइएका शिशुको सोहि राति अस्पतालका बरिष्ठ बालरोग बिशेषज्ञ डाक्टर फरेन्द्र शाहको नेतृत्वमा अस्पतालका पेडियाट्रिक सर्जरी टिमका बरिष्ठ सर्जन डाक्टर रामाशंकर यादवको टिमले शल्यक्रिया गरेको थियो ।

शल्यक्रियापछि शिशुको स्वास्थ्य अवस्थामा राम्रो सुधार भईरहेको र आउदो एक दुईदिनमैं डिस्चार्ज गरिने अस्पतालले जनाएको छ । ‘एनोरेक्टल मालफर्मेशन’ नामक यो रोग हजारौं नवजात शिशु मध्ये कुनै एकमा देखापर्ने समस्या रहेको चिकित्सकहरुले बताएका छन ।

यो रोगको शल्यक्रियामा मृृत्यूदर समेत अत्यधिक रहेको चिकित्सक साहले बताउनुभएको छ । प्रदेश एकमा यसप्रकारको जटिल रोगको शल्यक्रिया सेवा म्याक्स अस्पतालमा मात्र उपलब्ध रहेको अस्पतालले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!