हिपमत डटकम

मंगलबार, आषाढ १४, २०७९ || 9652  पटक पढिएको

विराटनगर। पूर्वी नेपालको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवामा समर्पित समाजसेवी डा. सुनिल शर्माको नोबेल शिक्षण अस्पतालले सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट लाभ लिने बिरामीहरुको संख्या बढ्दो छ । समाज सेवामा समर्पित डा. शर्माले मोरङको क्षेत्र नं.३ मा सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट विगत १५ दिनको अवधिमा १० हजार भन्दा बढी बिरामी लाभान्वित भएका छन् ।

नोबेलको ‘एम्बुलेन्स क्याम्प’ बाट मोरङको बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका १० हजार २ सय ४४ जना बिरामीले निःशुल्क उपचार पाएर लाभान्वित भएका छन् ।

नोबेल शिक्षण अस्पतालका अनुसार ‘एम्बुलेन्स क्याम्प’ बाट १५ दिनको अवधिमा १६२३ जनाको मुटुको जाँच (इसीजी) गरिएको छ भने, १७८९ जनाको रगत परीक्षण र १८६३ जनाको भिडियो एक्सरे गरिएको छ । यस्तै, सोहि अवधिमा दाँतमा समस्या भएका २६३ जनाको दाँत समेत खोलिएको छ । एम्बुलेन्स क्याम्पमा तत्काल उपचार गर्न सम्भव नभएका ४४६३ बिरामीलाई नोबेल अस्पताल ल्याएर उपचार गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा उपचारार्थ पठाइएका ६९३ जनाको शल्यक्रिया नै गरिएको छ ।

नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले मोरङको क्षेत्र नं.३ मा २६ वटा वडा रहेकोमा एम्बुलेन्स क्याम्पसबाट २६ वटै वडाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिएको बताए । ‘विपन्न तथा आर्थिक अवस्था कमजोर भएर उपचारबाट बञ्चित नागरिकलाई डा. सुनिल शर्माले एम्बुलेन्स क्याम्प नै सञ्चालन गरेर सेवा दिइरहनु भएको छ ।’ उनले भने ।

अस्पतालले गत जेठ पहिलो सातादेखि शनिवारबाहेक हरेक दिन दुई टोली डाक्टरहरु टोलटोलमा पुगेर बिरामीहरुको स्वास्थ्य जाँच गर्दै निःशुल्क उपचार गर्ने गरेका छन् । ‘एम्बुलेन्स क्याम्प’मा भिडियो एक्सरे, ल्याब टेष्ट र इसीजी गर्ने अत्याधुनिक उपकरण सहित दक्ष चिकित्सकहरु हुने गरेका छन् ।

यस्तै, एम्बुलेन्स क्याम्पमा उपचार गर्न नसकिने जटिल प्रकारका विरामीलाई नोबल शिक्षण अस्पतालमा ल्याएर ५० प्रतिशत छुट समेत दिएर उपचार गर्ने ब्यवस्था गरिएको छ भने, विरामीलाई अस्पताल जान र घर फर्कन समेत गाडीको व्यवस्था मिलाइदिएको छ ।

डा. सुनिल शर्माले आम नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्याउन गाउँगाउँमा ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गरिएको बताएका छन् । विपन्न तथा ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले राज्यबाट पनि सहजै स्वास्थ्य सेवा नपाइरहेको अवस्थामा निजी क्षेत्रबाट डा. शर्माले गरेको योगदानको नागरिकले प्रशंसा गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!