हिपमत डटकम

मंगलबार, आषाढ १४, २०७९ || 8430  पटक पढिएको

विराटनगर। मंगलवार विहान देखि निरन्तर भएको भारी वर्षाको कारण मोरङ्ग कटहरी गाउँ पालिकाकाे २ नं वडा स्थित सिंहीया खोलाको किनारमा बस्ने मानिसहरूको घरमा बाढीको पानी पसेपछि सामाजीक अभियन्ता महेश साहले सो ठाउँको निरिक्षण गर्दै उद्धार कार्याका साथै तत्काल हुनसक्ने राहत वितरण समेत गरेका छन् ।

नेपाल सोनार समाजका मोरङ्ग जिल्ला अध्यक्ष तथा ओम शान्ति ज्वेलर्सका प्रोपराइटर सामाजीक अभियन्ता महेश साह स्वर्णकार आफ्नो पत्नी पिंकी स्वर्नकारलाई साथमा लिएर बाढी प्रभावित क्षेत्रमा निरीक्षण गर्ने क्रममा डुबान भएका वस्तीमा बस्ने मानिसहरू घर घरमा पानी पसेपछि बालक, बृद्ध सहित परिवार लिएर विच्चली परेका मानिसहरूलाई तत्काल राहत दिन बजारमा उपलब्ध सामग्री खाजा, १८ कार्टुन चाउचाउ, बिस्कुट केही र ३० कार्टुन खाने पानी वितरण गरेका छन् ।

विराटनगर नजिकै रहेको कटहरी गाउँ पालिकाको २ नं वडामा सिंहिया खोलाको पानी पसेपछि त्यहाँका मानिसहरू खोला नजिकै रहेको भवनहरुमा बसेका छन् । उक्त ठाउँमा बसेका मानिसहरु मध्ये केहीले आफ्नो घरको अति आवश्यक सामानहरु निकाल्न सफल भए भने केहीले दाउरा बाल्ने चुलोमा खाना पकाउने हुनाले बाढीको कारण खाना समेत पकाएर खाने अवस्थामा नरहेको दृश्य देखेपछि साहले तत्काल उपलब्ध भए जति राहत सामग्री वितरण गरेको हो ।

बाढी बाट पीडित भई घर छोडेर सुरक्षित स्थानमा बसेका व्यक्तिहरूको लागि चाडै बस्ने र खाने लगाएत अन्य औषधी जन्य सामग्रीहरू तत्काल उपलब्ध गराउन साहले कटहरी गाँउ पालिका अध्यक्ष तथा वडा अध्यक्ष समक्ष अनुरोध समेत गरेका छन् ।

बाढी बाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सीमा सुरक्षा बल बिओपी दरैया बाट सप्रनिको नेतृत्वमा एक प्रहरी टोली उद्धार कार्यमा समेत खटिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!