शनिबार, फाल्गुण १७, २०७६ || 666  पटक पढिएको

कवि मञ्जु घिमिरेद्वारा लिखित ‘मेरो प्रतिक’ कवितासंग्रहको शनिबार विराटनगरमा विमोचन गरिएको छ ।
नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदीले विमोचन गरे । नारी स्रष्टा समाज विराटनगरको आयोजनामा भएको कार्यक्रममा साहित्यकार रामबाबु दाहाल र शिवनारायण पण्डितले विमोचित कृतिको समीक्षा गरेका थिए भने साहित्यकार मधु पोखरेलले कवि भरत गुरागाईं कृतिभित्रका कविता वाचन गरे । खेमनाथ दाहालले प्रकाशन गरेको संग्रहभित्र विभिन्न शीर्षकका ३९ वटा कविता समावेश छन् । नारी स्रष्टा समाजकी अध्यक्ष ममता श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल, वरिष्ठ कलाकार माया पौडेल ‘आशावादी’लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!