संसारमै दुर्लभ रेनबो सर्प भेटिएको छ । लगभग ५० वर्षपछि अमेरिकाको फ्लोरिडामा रेनबो सर्प भेटिएको हो । ट्रेसी क्याथेन नामका एक पदयात्रीले ४ फुट लामो उक्त सर्पको तस्बिर खिचेका थिए ।

ओकला नेशनल फरेस्टको फेसबुकमा शेयर गरिएको उक्त तस्बिरमा रातो र पहेँलो रङको सर्प रेनबो सर्प भएको फ्लोरिडास्थित नेचुरल हिस्ट्री संग्रालयले पुष्टि गरेको छ । यो सर्प सन् १९६९ मा पहिलो पटक भेटिएको थियो ।

उक्त संग्रालयका अनुसार यो सर्पमा विष हुँदैन । यो सर्प लोप भइसकेको थियो । उक्त सर्पको रक्षाको लागि बायोलोजिकल डाइभर्सिटी सेन्टरले २०१० मा निवेदन दिएको थियो ।

नेचुरल हिस्ट्री संस्थानका अनुसार सरकारले सर्वेक्षण नै नगरी उक्त सर्प लोप भइसकेको घोषणा गरेको थियो । सरकारले उक्त सर्प भएको प्रमाण दिनेलाई ५०० डलरको पुरस्कार दिने घोषणा समेत गरेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!