धरान । सुनसरी उद्योग वाणीज्य संघको अध्यक्षमा विजय श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । अघिल्लो पटक झिनो मतान्तरले पराजीत श्रेष्ठले लोकतान्त्रीक प्यानलबाट उम्मेदवारी दिन लागेका हुन् ।
आइतबार हुने उम्मेरदारी मनोनयमा लोकतान्त्रीक प्यालनबाट उनको नाम सर्वसम्मत भएको हो । यसअघि श्रेष्ठ वामपन्थी प्यानलका गिरिधारी सापकोटा सँग पराजीत भएका थिए । निर्माण व्यवसायी मार्फत धरानमा स्थापीत भएका उनी स्वच्छ छविका उम्मेदवारको रुपमा चिनीन्छन् ।
उवासंघ सदस्य हुँदै उद्योग सचीव, महासचीव र दुई कार्यकाल उपाध्यक्षको अनुभव सङ्गालेका उनी अध्यक्ष भएर सफल कार्यकाल चलाउने योजनामा छन् । पुरानो धरानबासी भएको र इमान्दार छवि भएका कारणपनि उनको उम्मेदवारी बलीयो देखीएको छ । धरानको बजारमा कमजोर बन्दै गएको व्यापार र व्यवसायीक चहलपहललाई पुनर्जीवन दिने उनले बताए । आफु विजयी भएमा विगतमा नेतृत्वबाट भएका गल्तीलाई सच्याउने र नयाँ योजनाको साथ कामगर्ने उनले प्रष्ट पारे ।
धरानको पुरानो आकर्षणलाई पुनः त्यही अवस्थामा ल्याउन नयाँ व्यवसायीक योजना, निति तथा अफरको आवश्यकता परेको श्रेष्ठको बुझाई छ । परम्परागत व्यापार व्यवसायमा आधुनीकता भरेर धरानलाई ब्यापारीका पर्यटकीय शहरको रुपमा विकाश गर्ने उनको योजना छ । २० गते हुने निर्वाचनको लागि २९७७ जनाले मतदान गर्ने भएका छन् । जसमा वाणिज्य तर्फ सबैभन्दा बढी १८५८, उद्योग तर्फ १००३, बस्तुगत १८ र एसोसिएट तर्फ ९८ मतदाता रहेका छन् ।