अमरेश कुमार पाण्डे

शनिबार, आषाढ ११, २०७९ || 5380  पटक पढिएको

बाराको पचरौता नगरपालिकाको असार १५ गते गरिने नगर सभा बिथोल्न हाकिम देखि कर्मचारीहरुलाई वडा अध्यक्षहरु तथा जसपाका नेता कार्यकर्ताहरुले धम्की दिन थालेका छन । पचरौता नगरपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत श्याम प्रसाद यादवलाई कलैया स्थित उनको डेरामा जसपा निकट निर्वाचित वडा अध्यक्ष मनोज यादव र कन्हैया यादव लगायत जसपाका नेता कार्यकर्ताहरुले नगर सभा नगर्न दबाब दिदै गाली गलौज गरि धम्की दिइएको रहस्य बाहिर आएको छ ।

कार्यलय प्रमुख यादवलाई धम्की डर त्रास देखाएपछी उनी अहिले फरार रहेका छ्न । पचरौरा नगरपालिकाको कार्यपालिका सद्स्यहरुको बहुमत जसपा कै बढी रहेकोले उनिहरुले नगर सभा बिथोल्न ,नीति तथा कार्यक्रमलाई प्रभावित बनाउन उनीहरुको कसरत शुरु भएको छ । पचरौता नगरपालिकाको स्वास्थ शाखा प्रमुख नवल यादव लाई समेत कार्यपालिकाको बोर्डको निर्णय र माईन्यट हेराउन वडा अध्यक्ष मनोज यादव र कन्हैया यादवले कार्यलय मै दुव्र्यवहार गरेको भिडियो समाजिक संजालमा आएको थियो । पचरौता नगरपालिकामा एमाले बाट निर्वाचित नगर प्रमुख जलान्धर सिंहले नगरको बिकासको लागि सबै जना संग सहकार्य गरि अगाडि बढन खोजेपनी जसपा बाट निर्वाचित जनप्रतिनिधिहरु अवरोध सृजना गरेको कर्मचारीहरु बताउछन ।

कार्यपालिकाको असार ७ गते बसेको बैठक बाट निर्णय अनुसार नगर सभा १५ गते गर्ने निर्णय भएको नगर प्रमुख सिंहले जानकारी दिनु भयो । स्थानीय तहको निर्वाचन सम्पन्न भएको झण्डै १ महिना भन्दा बढी भैइसकेको छ । स्थानीय तह संचालन ऎन २०७४ बमोजिम बाराको विभिन्न स्थानीय तहको नगर सभा ,गाउँ सभा असार १० गते सम्म सम्पन्न भैइसकेको छन । तर पचरौता नगरपालिकामा नगर प्रमुख बाट सपथ ग्रहण नलिने अडानमा रहेका जसपाका निर्वाचित जनप्रतिनिधिले तोकिएको समयमा सपथ लिइएका थिएन । पचरौता नगरपालिकाको समृधी र बिकासको लागि सबैले सचेत भैइ अगाडि बढन नगरबांसिले ठूलो अपेक्षा राखेकोमा जसपाको नै मन्त्रालय रहेकोले अर्को अधिकृतलाई कुनै पनि हालतमा आउन न दिन र असार १५ गते हुने भनिएको नगर सभा बिथोलन चलखेल शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!