हिपमत डटकम

शनिबार, आषाढ ११, २०७९ || 1015  पटक पढिएको

एजेन्सी। नर्वेको राजधानी ओस्लोको एक नाइट क्लबमा गोलाबारी हुँदा दुई जनाको मृत्यु भएको छ ।

गोली लागेर १० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भएको नर्वे प्रहरीले जनाएको छ ।

नर्वेका स्थानीय सञ्चार माध्यमका अनुसार गोलाबारी एउटा लोकप्रिय समलैंगिक बार लन्डन पबमा भएको बताइएको छ ।

आक्रमणको उद्देश्य के थियो भन्ने खुल्न सकेको छैन । प्रहरीले संदिग्ध व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । ओस्लोले आज वार्षिक प्राइड परेड आयोजना गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!