बिराटनगर। विराटनगरका आकाश अग्रवालले ‘एसियाज बेस्ट स्किन ब्युटी थेरापिस्ट अवार्ड’ प्राप्त गरेका छन् । तमिलनाडुको ट्रिची सहरको मिति ५ आषाढ २०७९ आईतबार होटल ब्रीज रेसिडेन्सयलमा आयोजना गरिएको ‘एसिया अवार्ड २०२२’ विराटनगर–९ साई श्रृंगारका अग्रवालले प्राप्त गरेका हुन्।

अग्रवाल विराटनगर संसारी माइस्थान स्थित साई श्रृङ्गारका सञ्चालक तथा स्किन एण्ड ब्युटी थेरापिस्ट हुन् ।यस कार्यक्रमको आयोजना रुला अवार्डद्वारा गरिएको थियो । यस अन्तराष्ट्रिय स्तरको अवार्डका लागि २० देशका २०० भन्दा बढी स्किन थेरापिस्ट प्रतिस्पर्धा गरेका थिए । २०२१ मार्चमा मनोनयन दर्ता भएको उक्त अवार्डका लागि विभिन्न चरणहरू पार गर्दै उनले उक्त अवार्ड हात पारेका हुन् । मूल्याङ्कनका क्रममा डकुमेन्ट प्रिजेन्टेसन, भर्चुअल प्रिजेन्टेसन, अन्तर्वार्ता, सौन्दर्य सन्दर्शन तथा योजना, पार्लर र ग्ल्यामर क्षेत्रको योगदान, आदिलाई आधार बनाइएको थियो ।

भर्चुअल माध्यमबाट स्किन कार्यशाला र पसल सञ्चालन गरेका स्किन अनाल्याइसस ग्राहक सन्तुष्टि गतिविधिहरूको बारेमा निर्णायक मण्डलले समग्र जानकारी लिएको बताइएको छ । उक्त अवार्डका लागि विश्व आईएसओ प्राप्त निर्णायक मण्डलका सदस्यहरूले स्किन एण्ड ब्युटी केयर सञ्चालित अनलाइन कार्यशाला तथा अतिरिक्त क्रियाकलाप कार्यक्रमहरूको अनलाइन अवलोकन गरेका थिए । उनीहरूले वर्तमान अवस्थामा साई श्रृंगारले ग्राहकको सन्तुष्टि छाला समस्या अनुसार कस्मेटीक हर्बल सामानद्वारा गरेको पाइएको भन्दै पार्लर सिकाइ पद्धति, मूल्याङ्कन प्रणाली तथा अतिरिक्त क्रियाकलापका बारेमा प्रशंसा गरेका थिए।

एसिया अवार्डको आयोजक रुला अवार्डको मुख्यालय मलेसिया सप्रशासनिक क्वार्टर युनाइटेट स्ट्याटस अमेरिका तथा परिचालन क्वार्टर तमिलनाडु रहेको जानकारी अग्रवालले पत्रकार महाङ्घ गराएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!