हिपमत डटकम

शुक्रबार, आषाढ १०, २०७९ || 13549  पटक पढिएको

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौका मिल्यो भने फेरि प्रधानमन्त्री बनेर काम गर्ने चाहना भएको बताएका छन्।

आज नेपाल पर्वतारोहण संघले गरेको कार्यक्रममा बोल्दै प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदा झिलिमिलीमै वितेको बताए भने दोस्रो पटक प्रधानमन्त्री बन्दा केही सुधारका काम गरेको बताए।

‘पहिलोचोटी प्रधानमन्त्री हुँदा झिलिमिली झिलिमिलीमै गयो। सपना हो कि विपना हो भनेर विचार गर्दागर्दै नौ महिना वितिहाल्यो,’ उनले भने, ‘दोस्रोपटक प्रधानमन्त्री हुँदा धेरै सुधार गरेको हो त्यसमा गर्व छ।’

उनले तेस्रो पटक प्रधानमन्त्री हुने मौका मिले देशमा रहेका विसंगतिमाथि प्रहार गर्दै राम्रा काम गर्ने बताए।

‘तपाईंहरूको आशीर्वाद हुने हो भने अर्कोपटक मैले देशको नेतृत्व गर्ने मौका पाए देशमा देखा परेका तमाम विसंगतिमाथि प्रहार गर्दै देशलाई अगाडि लैजानुपर्छ भन्ने मेरो मनभित्र छ,’ उनले भने, ‘किनकी मेरो नेतृत्वमा परिवर्तन ल्याउन धेरैको बलिदान भएको छ।’ news source ; setopati 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!