सन्तोष कुमार बास्तोला

शुक्रबार, आषाढ १०, २०७९ || 3359  पटक पढिएको

बिराटनगर। नेपाली कांग्रेसका प्रभावसाली नेता पुर्व मन्त्रि तथा नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालको आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरुले सामाजिक संजाल फेसबुक पोष्टमा बिरोध गरेका छन्।

मोरंगको क्षेत्र न -२ बाट अत्याधिक मतका साथ गत संघिय निर्वाचनामा बिजय प्राप्त गरेका रिजालले ५ बर्षमा काम कम भाषण बढी गरेको आफ्नै नेता तथा कार्यकर्ताहरुले आरोप लगाएका छन्।

सुनवर्षि नगरपालिका वडा नम्बर १ का नवनिर्वाचित वडाअध्यक्ष विरेन राईले आफ्नो फेसबुकमा रिजल बारे आएको समाचार सेयर गरेका थिए। सेयर गरेको समाचारको शिर्षक “म काम मा बडी विश्वास राख्छु ” मा धेरै नेता तथा कार्यकर्ताले बिरोध गरेका छन्। उनीहरुले सामाजिक संजाल फेसबुक कमेन्ट मार्फत रिजाल प्रति गुनासो पोखेका हुन्।

नेपाली काँग्रेस क्षेत्र न -२ अन्तर्गत पर्ने सुनवर्षी नगरपालिका -२ नेपाली काँग्रेसका वडा सभापति शोभित रायमाझीले रिजालको समाचारमा यस्तो कमेन्ट गरेका छन्। ‘ हो हो काममानै विश्वास राख्नुहुन्छ तर “मौखिक”प्रयोगात्मक चै खासै देखिन,सुनेको मात्रै कार्य सुरु भा छैन है। क्षेत्र न २ अन्तर्गत सिक्टी पथरी सडक कालोपत्रे सुरु भयो ?? भयो भयो भयो खै कहिले बाट भयो ??” रायमाझीले कमेन्टमा अन्य साथीहरुको बिचारलाई समर्थन गर्दै रिजालले भाषण बढी काम कम गरेको पति संकेत गरेका हुन्।

त्यस्तै नेपाली काँग्रेस क्षेत्र न -२ का उपसभापति तथा प्रदेश ख का सभापति देबेन्द्र बहादुर बस्नेतले रिजालको समाचारमा यस्तो प्रतिक्रिया दिएका छन्। “हो हो काम चाही हैन कुरा चाई भएकै हो’ रायमाझी र बस्नेत जस्तै धेरै नेता तथा कार्यकर्ताले रिजालको कामप्रति असन्तुष्टि जनाएका छन्। कतिले खुलेरै सामाजिक संजालमा लेखेका छन् भने कतिले पार्टीको हुने सभा तथा बैठकमा यस्तो बिचारा राखेका छन्।

उनले ५ वर्षभरि क्षेत्रमा जनताले अपेक्षा गरेको काम समेत केहि नगरेको गुनासो पोखेका छन्। रिजाल मन्त्रि भएर पनि हाम्रो क्षेत्रको लागि केहि काम गर्नु भएन हामीले उहा संग धेरै आशा राखेका थियौ उहालाई स परिवार हामीले भोट दिएर बिजय समेत गराएका थियौ तर उहाले हाम्रो क्षेत्रकोलागि केहि पनि काम गर्न सक्नु भएन केवल आशा मात्र देखाउनु भयो सुनवर्षि -६ कि रमा भण्डारीले हिपमत डटकमलाई बताईन्।

सुनवर्षी नगरपालिका वडा नम्बर १ का लिला बल्लभले लेखेका छन् । ;मुखले बोलेर भएन नेता ज्यु ५ बर्षमा सिन्को नभाचेर अब बिकासको कुरा गर्दा त जनताले लाठी चार्ज गर्लान होस गर है। त्यस्तै मधु कुमार राईले लेखेका छन्। ;होला होला अब आउने चुनाव पछि पक्कै थाहा हुने छ। हेमन्त सुवेदीले कमेन्टमा लेखेका छन्। आफ्नै कार्यकर्ता पनि नचिन्ने नेतामा पर्नुहुन्छ उहा , कमसेकम काम त गर्नुस, अब त आफ्नै पार्टीको साथीहरुले पनि भोट हाल्दैनन्, के गरेको छ गाउ र जनताको लागि, नत कुनै रोजगारको व्यवस्था छ, न कुनै शिक्षा , न स्वास्थ्य न कुनै कृषी, किन फेरी वहालाई जिताउने?

रिजालसंग क्षेत्र न -२ का जनता असन्तुष्ट छन्। उनले ५ बर्षमा चाहेको भए धेरै काम गर्न सक्थे तर उहाले हाम्रो क्षेत्रकोलागि केहि वास्ता गरेनन सिक्टी पथरी सडककोलागि आफुले बजेट पास गराएको रिजालेले भनेको बर्षौ बितिसक्यो तर काम शुन्य छ। के अब चुनाव लागे पछि काम हुन्छ सुनवर्षी ९ डाइनियाका कमलेश साहले हिपमत मिडियासँग गुनासो पोखे।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!