हिपमत डटकम

शुक्रबार, आषाढ १०, २०७९ || 1287  पटक पढिएको

नेकपा एकीकृत समाजवादीका १० सांसदले अध्यक्ष माधव कुमार नेपालविरुद्ध मोर्चाबन्दी सुरु गरेका छन् । ४ मन्त्रीसहित १० सांसदले बजेट अधिवेशन चलिरहेका बेला मन्त्रिमण्डलमा पार्टीबाट सहभागी हुने मन्त्रीहरुको हेरफेर सही मान्न नसकिने भन्दै नेतृत्वविरुद्व मोर्चाबन्दी गरेका हुन् ।

विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठ, कृष्णलाल महर्जन, गोपाल बहादुर वम, विनादेवी बुढाथोकी, धनबहादुर बुढा र निरा जैरुले सचिवालय र स्थायी कमिटी बैठकको निर्णयप्रति आपत्ति जनाउदै दलको बैठक बोलाउन माग गरेका हुन् ।

उनीहरुले मन्त्रिमण्डल पुनर्गठन गर्दा पुरानो टीम पुरै फिर्ता र नयाँ टिम सन्तुलित र समावेशी बनाउनुपर्ने, मन्त्री बनाउने सुरुको मापदण्ड कार्यान्वयन गर्नुपर्ने, गैह्र सांसदहरुलाई मन्त्री बनाउन नहुने, हाल प्रस्ताव गरिएका मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित भएकाले सच्याउनुपर्ने, बजेटका समयमा एक्कासी मन्त्री फेर्ने कुराले मन्त्रीहरु माथिको अपमानजनक व्यवहार सहन नसकिने, बजेट पास भएपछि मन्त्री पद छोड्छौ भन्ने मन्त्रीहरुको भनाईलाई कमजोरी ठान्ने लगायतका ८ बुँदे प्रस्ताव अघि सार्दै दलको कार्यालयमा सूचना दर्ता गराएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका सांसद विरोध खतिवडाले शुक्रबार बिहान ८ बुँदे माग राख्दै पत्र दर्ता गराएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!