हिपमत डटकम

शुक्रबार, आषाढ १०, २०७९ || 1536  पटक पढिएको

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ६० हजार बोरा (तीन हजार मेट्रिक टन) युरिया मल ल्याएको छ ।

भारतको कोलकाता बन्दरगाह हुँदै ५० हजार बोरा वीरगञ्ज र १० हजार बोरा विराटनगर आइपुगेको साल्ट ट्रेडिङका विभागीय प्रबन्धक ब्रजेश झाले जानकारी दिए ।

उनका अनुसार, २२ हजार मेट्रिक टन युरिया भारतको कोलकाता बन्दरगाहमा आइपुगेकोमध्ये तीन हजार मेट्रिक टन मल बिहीवार बिहान नेपाल भित्रिएको हो । बाँकी मल आउने क्रममा रहेको विभागीय प्रबन्धक झाले बताए ।

जेठ २७ गते साल्ट ट्रेडिङ ले नै २० हजार मेट्रिक टन डीएपी मल ल्याएर बिक्री वितरण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!