बिरगंज । पर्साको बिन्दबासिनी गाउँपालिकाको आज ११ औं गाउँसभा तथा २०७९÷८० को नीति तथा कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको ११ औं गाउँसभामाबाट आगामी आर्थिक बर्षका लागि गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भएको हो । यस वर्षको नीति तथा कार्यक्रममा कृषि, , शिक्षा, स्वास्थ्य, लगाएतका कार्यक्रमहरु समेटेको छ । सभाको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले आजको यस सभालाई सफल बनाई दिएकोमा सबै जनप्रतिनिधि, कार्यपालिका सदस्य, कर्मचारी लगायतलाई धन्यवाद दिनुभएको थियो ।
उनले यस वर्षको नीति तथा कार्यक्रमलाई सबै मिलेर सतप्रतिशत पूरा गर्ने प्रतबद्धता व्यक्त गर्नु भएको थियो । यसैगरी गाउँपालिकाका प्रशासकीय अधिकृत राजु साहले कार्यक्रममा आएको सलाह, सुझावलाई समेटेर गाउपलिकलाई सबै भन्दा उत्कृष्ट बनाउने प्रतबद्धता जनाएका थिए ।
कार्यक्रममा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष अक्षयलाल महतो , वडा नं. २ का वडाध्यक्ष मुक्तिनाथ प्रसाद कुर्मी , वडा नं. ३ का वडाध्यक्ष जय प्रकाश चौरसिया , वडा नं. ४ का वडाध्यक्ष अनोज चौरसिया , वडा नं. ५ का वडाध्यक्ष मोहन राउत अहीर र कार्यपालिका सदस्य मान्ती देवी , कुसमी कुमारी देवी , धनपति तत्मीन , रिमा कुमारी देवी , अशोक कुमार गुप्ता , शम्भु प्रसाद बरै , वडा सदस्यहरु, कर्मचारी लगायतहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण रामप्रवेश साहले गरेका थिए ।