हिपमत डटकम

बिहिबार, आषाढ ०९, २०७९ || 1643  पटक पढिएको

विराटनगर। विराटनगरस्थित हाम्रो प्रयास नामक संस्थाको आयोजनामा बेहुली जुत्ता र थैली तालिम सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा सञ्चालित तालिम बिहीबार सम्पन्न भएको हो । सात दिनसम्म सञ्चालन भएको तालिममा बेहुली जुत्ता र थैली बनाउन सिकाइएको थियो । तालिममा सिकेको सीपबाट महिलालाई घरमै बसेर स्वरोजगार बन्न सहयोग पुग्ने वडा नम्बर १ का वडाध्यक्ष काजी बस्नेतले बताए ।

उनले वडाभित्रका महिलालाई स्वरोजगारमूलक तालिम दिएर आत्मनिर्भर बनाउने अभियानमा आफू लागिपरेको प्रस्ट्याए । वडाध्यक्ष बस्नेतले आगामी दिनमा पनि महिलाका लागि अन्य तालिम सञ्चालन गरिने जानकारी दिए ।

तालिममा सहभागीहरुलाई वडाध्यक्ष बस्नेतले प्रमाणपत्र प्रदान गरेका थिए । तालिममा १० जना महिलाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!