हिपमत डटकम

बिहिबार, आषाढ ०९, २०७९ || 2358  पटक पढिएको

बुधवार मध्यराति अर्थात् २४ घण्टाको समयावधिमा भारतमा कोरोना भाइरसबाट थप १३ हजार ३१३ संक्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीवार जानकारी दिएको छ ।

हाल भारतमा ८३ हजार ९९० सक्रिय संक्रमित रहेका समाचारमा जनाएको छ । सक्रिय संक्रमितको यो संख्या कूल संक्रमितको ०.१९ प्रतिशत हो ।

पछिल्लो १ दिनमा १० हजार ९१२ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै भारतमा हालसम्म संक्रमणमुक्त भएकाको कूल संख्या ४ करोड २७ लाख ३६ हजार २७ पुगेको छ । कोरोना भाइरस निको हुनेको दर ९८.६० प्रतिशत छ ।

कोरोना महामारीबाट मंगलवार भारतमा ३५ जनाको मृत्यु भएको छ । यससँगै कोरोना शुरू भएबाट हालसम्म यस महामाहरीको कारण ५ लाख २४ हजार ९०० भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरू भएको थियो । सो समयदेखि हालसम्म १ अर्ब ९६ करोड ६२ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ । कोरोना संक्रमण शुरू भएबाट हालसम्म ८५ करोड ९४ लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!