हिपमत डटकम

बिहिबार, आषाढ ०९, २०७९

संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। दुवै सदनको बैठक दिउँसो १ बजे बस्नेछ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७७/०७८) पेस गर्ने सम्भावित कार्यसूचीे छ।

प्रधानमन्त्रीले नै राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक, २०७६ र लोकसेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची रहेको छ।

यसैगरी, वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले ‘ग्लोवल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामुलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची छ।

त्यस्तै दिउँसो १ बजे नै बस्ने राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक,२०७९ का भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ।

तिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक २०७९ सभामा पेस गर्ने र भैरवसुन्दर श्रेष्ठले विनियोजन विधेयक २०७९ अन्तर्गत उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौतीको प्रश्ताव पेस गर्ने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया