हिपमत डटकम

बुधबार, आषाढ ०८, २०७९ || 2042  पटक पढिएको
एजेन्सी

एजेन्सी । बंगलादेशमा भारी वर्षापछि आएको बाढीमा परी ३२ जनाको मृत्यु भएको छ ।

बाढीका कारण उत्तर पूर्वी क्षेत्रमा हजारौं घरहरू डुबानमा परेका छन । लाखौं मानिस घरबार बिहिन बनेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन । बाढीका कारण सडक, हवाई र यातायात समेत अवरुद्ध हुनुका साथै बिजुली आपूर्ति समेत बन्द भएको छ ।

बाढी प्रभावित तीन लाख सर्वसाधारणलाई विभिन्न विद्यालयहरूमा आश्रयस्थल बनाई राखिएको छ । प्रधानमन्त्री शेह हसिना वाजेदले उद्धार र विस्थापित भएका मानिसलाई राहत र बासस्थानको व्यवस्था मिलाउन निर्देशन दिएकी छिन ।

बंगलादेशमा प्रत्येक वर्ष मनसुनमा बाढीले ठूलो जनधनको क्षति पु¥याउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!