हिपमत डटकम

बुधबार, आषाढ ०८, २०७९ || 11857  पटक पढिएको

बारा, ८ असार। कलैया उपमहानगरपालिका-४ अदालत रोडस्थित रोकी राखेको प्रदेश ०२-०३-०२१प ८०२१ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा रौतहट फतुवा बिजयपुर नगरपालिका-९ टोल लक्ष्मीनिया बस्ने २५ वर्षीय अरूण चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ मोटरसाइकल तथा चोरी गर्ने व्यक्तिको खोजी गर्ने क्रममा अस्थायी प्रहरी पोष्ट बसपार्क बाराबाट खटिएको प्रहरीले चौधरीलाई चोरी भएको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।

उनी उपर चोरी मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद अनुमति लिई प्रहरीबाट थप अनुसनधान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!