बिराटनगर। नेपाली कांग्रेस रंगेली वडा कमिटि वडा नम्बर ७ ले बैसाख ३० गते सम्पन्न भएको स्थानिय तह निर्वाचनमा आफ्नै पार्टीलाई हराउन पार्टी भित्र बाटै क्रियाशीलदेखि महाधिबेसन प्रतिनिधिसम्म लागेको भन्दै नाम सहित कारवाहीका लागि वडा स्तरबाट क्षेत्र,जिल्ला,प्रदेश र केन्द्रलाई पत्र पठाएको छ।

उक्त पत्रमा लेखिएको छ – गत बैसाख २९ गते सम्पन्न भएको निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फाबाट अधिकारिक मेयर तथा उपमेयर,वडा अध्यक्ष एबम वडा सदस्यका उमेद्वार हरुलाई पराजय गराउन निम्न ब्यक्तिहरुले खेलेको भूमिकाको आधारमा क्रियाशील तथा वडा कार्यसमितिको बैठकबाट उमेदवारहरुको निबेदनको आधारमा तपशिलका ब्यक्तिहरुलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गर्ने सिफारिश गरियो।

नेपाली काङ्ग्रेस वडा कार्य समितिले कारवाहीका लागि सिफारिश गरेका नेताहरुमा महासमिति सदस्य बजरंग अग्रवाल,क्षेत्रिय प्रतिनिधि मिथिलेश उर्फ अबिशेख अधिकारी ,क्षेत्रिय प्रतिनिधि नरेश कुमार शाह,क्षेत्रिय प्रतिनिधि मुन्ना कुमार शाह,वडा उपसभापति नवल प्रसाद गुप्ता,वडा सचिब सगर कुमार शाह,वडा कोषाअध्यक्ष निरज कुमार शाह,क्रियाशील सदस्यहरु रमेश कुमार शाह ,अशोक कुमार शाह,आकाश कुमार शाह,मनोज कुमार शाह ,ओम बाबु शाह ,रचना श्रेष्ठ,पुनम पौडेल श्रेष्ठ त्यसै गरि पार्टीको अधिकारिक उमेद्वार बिरुद्ध स्वतन्त्र उमेद्वारी दिने राधा मण्डल र सन्जिब श्रेष्ठलाई नेपाली कांग्रेसको साधारण सदस्य नरहने गरि कारवाहीको लागि माग गरिएको नेपाली कांग्रेस रंगेली वडा नम्बर ७ वडा समिति का वडा सभापति महेन्द्र प्रसाद शाहले हिपमत डटकमलाई जानकारी दिएका छन्।

स्थानिया तह निर्वाचन सम्पन भए संगै फरक फरक पार्टीबाट उमेद्वार बनेकाहरुमा कोहि बिजय भए कोहिले अन्तर पार्टी द्वन्दका कारण पराजय खेप्नु परेको विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले आरोप प्रत्यारोप लगाई रहेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!