हिपमत डटकम

सोमबार, आषाढ ०६, २०७९ || 3552  पटक पढिएको

काठमाडौं । पूर्वसञ्चारकर्मी हरिशरण लामिछानेले काठमाडौं ३ बाट संसदीय चुनाव लड्ने घोषणा गरेका छन् ।

स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माणको अभियान जारी रहेको भन्दै उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको प्रेस नोटमा आफूले काठमाडौं ३ बाट चुनाव लड्ने समझदारी भएको बताएका छन् । सञ्जालले देशैभरका स्वतन्त्र उम्मेदवार बिच न्युनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरी निर्वाचन क्षेत्र कायम गर्ने पनि लामिछानेले स्पष्ट पारेका छन् ।

लामिछानेका भाइ रविले पनि राजनीतिमा लागेर चुनाव लड्ने भन्दै टेलिभिजनको जागिर छाडेको घोषणा गरेका छन् । हरिशरणले सार्वजनिक गरेको प्रेस नोटमा रवि बारे केही उल्लेख छैन । रविले मंगलबार राष्ट्रिय सभामा भेला गरेर उम्मेदवारी घोषणा गर्ने बताएका छन् ।

हरिशरणको प्रेस नोटमा सञ्जालबीच काठमाडौं १ मा पुकार बम, काठमाडौं ५ मा रञ्जु दर्शना, काठमाडौं ८ मा सुमन सायमीले स्वतन्त्र प्रतिस्पर्धा गर्ने सहमति भएको उल्लेख छ । विश्व साइकल यात्री पुष्कर शाहले दोलखाबाट प्रतिस्पर्धा गर्ने उनले जानकारी दिएका छन् । उनी दोलखाकै हुन् । बाँकी कुरा असार १७ र १८ गतेको राष्ट्रिय भेलाले तय गर्ने पनि लामिछानेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!