एजेन्सी, ४ असार । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पुरानो विश्व व्यवस्थालाई आँधीले उडाइदिएको टिप्पणी गरेका छन् । उनले शुक्रबार साँझ सेन्ट पिटर्सवर्ग इन्टरनेशनल इकोनोमिक फोरममा सम्बोधन गर्दै विश्वमा धेरै परिवर्तन आइसकेको बताए । विश्वमा भूराजनीतिमा परिवर्तन आएको भन्दै यसलाई वास्तविक क्रान्तिको संज्ञा दिए ।

अमेरिका र उसका मित्र देशहरुले रुसको अर्थतन्त्र र समाजलाई खत्तम पार्न सकिन्छ कि भनेर सोचेको तर त्यो उनीहरुकै लागि प्रत्युत्पादक बनेको टिप्पणी गरे । विशेषगरी यूरोपेली यूनीयनले राजनीतिक सार्वभौमिकता गुमाएको र कसैको इशारामा नाँचिरहेको उनको आरोप थियो ।

पुटिनले रुसमाथिको प्रतिबन्धले यूरोपेली देशहरुले प्रतिवर्ष ४०० अर्ब डलर नोक्शान व्यहोर्ने आँकडा समेत प्रस्तुत गरे । उनले विश्वमा नयाँ शक्तिका केन्द्रहरु उदाएको र तिनीहरुसँग आफ्नो प्रणाली, आर्थिक मोडल र सार्वभौमिकताको रक्षा गर्ने अधिकार रहेको समेत बताए ।

सँसारमा खाद्यान्न र ऊर्जाको मूल्य बढिरहेकोमा आफूहरुलाई दोष नलगाउन भने । रुसविरुद्ध अमेरिका र यूरोपेली देशहरुले प्रतिबन्ध लगाइरहँदा पुटिनको पछिल्लो अभिव्यती हो।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!