हिपमत डटकम

बिहिबार, आषाढ ०२, २०७९ || 678  पटक पढिएको

कञ्चनपुर । पुनर्वास नगरपालिका-४ कार्गिलडाँडाबाट १ ग्राम १८ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ, ५ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट, नगद १२ हजार १८५ रुपैयाँ र ३७० भारतीय रुपैयाँ सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली लम्कीचुहा नगरपालिका-९ बस्ने २४ वर्षीय कमल बादी, सोही ठाउँ बस्ने २१ वर्षीय बिशाल बादी र सोही नगरपालिका-३ बस्ने २५ वर्षीय ओकेन्द्र बादी रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!