हिपमत डटकम

बुधबार, आषाढ ०१, २०७९ || 15874  पटक पढिएको

ओखलढुङगा, २०७९ असार १ गते । ओखलढुङगाको चम्पादेवी गाउँपालिका-७ फुलवारी टोलका एकै घर परिवारका ४ जनाले जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ भने २ जना बिरामी भएका छन् ।

जेठ २८ गते आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका स्थानीय ९३ बर्षीया मनमाया बिष्ट, निजको छोरा २७ बर्षीय राजन बिष्ट, राजनको श्रीमती २४ बर्षीया ढक कुमारी लामिछाने र ३ बर्षीया छोरी सरिस्मा बिष्ट बिरामी भएका थिए । च्याउ खाएर बिरामी भएका चारै जनालाई उपचारको लागी मिसन अस्पताल ओखलढुङगा पठाइएकोमा उपचारको क्रममा ढक कुमारी बिष्टको सोही अस्पतालमा मृत्यु भएको थियो ।

अन्य तिन जनालाई थप उपचारको लागी काठमाण्डौ टिचिङ अस्पताल पठाईएकोमा उपचारको क्रममा मनमाया बिष्टको ३१ गते मृत्यु भएको तथा अन्य २ जनाको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!