हिपमत डटकम

मंगलबार, जेठ ३१, २०७९ || 1320  पटक पढिएको

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वली फेरी अर्को लफडामा परेकी छन् । सांसद् हुँदादेखि पटक पटक लफडाको चर्चा आएकी विमला आज बिहान आफ्नो पीएसओसहित तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर श्रीमती र छोरीलाई हातपात गरेपछि प्रहरीलाई नियन्त्रणमा लिएको छ ।

मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए । यसअघि बस्नेत र वलीले चुम्बन गरेको तस्बिर सार्वजनिक भएको छ । बस्नेत वाईसीएलका कार्यकर्ता हुन् । आज घटना हुँदा बस्नेत घरमा थिएनन् । मन्त्रीले ‘मेरो एकराज खोइ’ भन्दै बस्नेतको घरमा छिरेर बस्नेतकी श्रीमती र छोरीलाई कुटपिट गरेको भिडियो बाहिर आएको छ । जिल्ला प्रहरीले कार्यालयले एसपी सुरेश काफ्लेले राज्य मन्त्री विमलालाई अहिले इलाका प्रहरीले कार्यालय तुलसीपुरमा राखिएको बताए ।

गत वर्ष उनी वाईसीएल कार्यकर्ता एकराज बस्नेतले प्रयोग गर्ने सामाजिक सञ्जालमा वलीले चुम्बन गरेका तस्बिर सार्वजनिक भएपछि एमाले र माओवादी पङ्क्तिमा खैलाबैला मच्चिएको थियो । बस्नेत स्वयंको फेसबुक स्टोरीमा देखिएको यो तस्बिर केही समयमा हटाइएको थियो । विमला एमालेका तत्कालीन सांसद स्वर्गीय उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरको दुर्घटनामा निधन भएपछि उनलाई श्रीमानकै निर्वाचन क्षेत्रमा तत्कालीन नेकपाले उम्मेदवार बनाएको थियो । काँग्रेस नेता केशव आचार्यलाई पराजित गर्दै विमला सांसद बनेकी थिइन् ।

लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले माओवादी त कहिले एमाले बनेर चर्चामा रहिन् । उनीले पछि माओवादी रोजेकी हुन् । त्यही बेला उनलाई मुख्यमन्त्री शङ्कर पोखरले अपहरण गरेर मुख्यमन्त्री निवासमा राखेको भन्दै पत्रकार सम्मेलन गरेर बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!